समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धनकुटामा मध्यराती बलात्कार प्रयास गर्ने पुरुषको हत्या

कमला भट्टराई – झापा । धनकुटामा मध्यराती ढोका फुटाएर बलात्कार प्रयास गर्ने पुरुषको हत्या भएकाे छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा ३० बर्षीया कमला गुरुङले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

Advertisement

महिलाले आफुलाई बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बताएकी छिन् । उृनले राती ढोका करिब १० बजे फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गरेको कमलाले बयान दिएकी छन् । हाम्रो प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ ।मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकाे छ ।

Advertisement

महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीेले बताएकाे छ । कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे । भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर लीलबहादुरले कमलामाथि बलात्कार प्रयास गरे । सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएका छन् । खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियाे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article