स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय नाघ्यो !

नेपालमा कोरोना संक्रमणको कारण मृ(त्यु हुनेको संख्या ७ सय नाघेको छ। हालसम्म देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले देशभर २१ जनाको ज्यान गएको जानकारी दिएका छन्।

Advertisement

त्यस्तै, शुक्रबार देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर ३७ हजार ३८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article