हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज थपिए ४ हजार ३९२ जना कोरोना संक्रमित, थप २१ जनाको निधन

पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

Advertisement

Advertisement

आज थप २१ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ। आज थप ३ हजार ५२२ जना उपचारपछि घर फर्किएका छन् । यससँगै ८८ हजार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)