कमला भट्टराई झापा। साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। १ लाख धनराशीको पुरस्कार प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई प्रदान गरिएको हो ।
प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट एकजनालाई वार्षिक रुपमा सो पुरस्कार प्रदान गरिदै आएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले खत्रीलाई पुरस्कृत गरेको हो ।
२०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहदा प्रहरी जवान खत्रीले जवरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याएकी थिइन् । उनलाई मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरेका थिए ।