साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“कविता”

कविता राज कुमार कार्की

Advertisement

लेख्दैछु आज म कविताको शिर्षक नै अब त “कविता”।

Advertisement

बढ्दैछ महिला हिंसा-हत्या किन हेर्दछ समाज रमिता।।

कविता तिम्रो लागि रहेनछ यहाँ कहिँ कतै नै सरकार ।

रक्षकहरु नै तिम्रा लागि भक्षक हुन नगर यिनको दरकार।।

सरस्वती मात्र हैन अब त बन्नु पर्दछ तिमिले फेरि काली।

हलो र जुवा मात्रले पुग्दैन अब त नबनेर हुँदैन है फाली।।

खाना नै मिठो भन्दछ्न आजकाल सबले किन हो थकाली।

कविता तिमिले तह लगाउनु पर्दछ भक्षक सबका बङ्गारा नै फुकालि।।

कानुनमा पनि आजकल मिसिएको छ भन्दछ्न सबले नुन ।

आँखामा पट्टी बाधिएको देखेका छौँ कसरी न्याय मिल्ला सुन।।

उठ जाग कविता तिमीले जोगाउनु पर्दछ सब नारीको अस्मिता।

उठाउ अब त हतियार अत्याचार बढ्यो नहेर फेरि है रमिता।।

हिन्दु धर्ममा लेखिएको छ सबले मान्दछ्न देवी नै हुन नारी।

घुम्ने कुर्सी माथि बसेको छ अन्धो झैं हिंसा-हत्या देख्दैन फेरि।।

उठाउ अब त कलम लेख महिला हिंसा- हत्या विरुद्ध कानुन ।

दाइजो प्रथाले समाजमा महिला हिंसा-हत्या बढ्यो सबले जानुन।।

पुनर्जन्म लिनुपर्दछ निर्मलाहरुले धर्तिमा फेरि अब।

उठ जाग महिला हो खाली नै किन हुन गो आधा आकाश।।

कस्तो गणतन्त्र आयो नारी अस्मिता माथि सधैं धावा नै बोल्ने।

उठ जाग कविता बेला आयो खलनायक हैन नायक बनि खेल्ने ।।

उठौं जागौं समाज सब मिलेर लागौं अगाडी फेरि अब ।

देख्दै छौ हामी सबले दलहरु भित्र सधैं नै आन्तरिक लडाइँ।।

मृत्यु दण्ड नै किन दिन नपरोस् ल्याउनु पर्दछ कानुनमा कडाइ।

कस्ता अधिकारवादी हुन महिला हिंसा-हत्या कहिले नदेख्ने।।

कता गए ती महिला दिदी- बहिनीहरु भन्ने मुक्तिका स्वर।

उठजाग कविता अब त नबनेर सधैं भक्ति भावको नोकर।।

                                                    धन्यवाद ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article