स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अब कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

सरकारले होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड परिमार्जन गरेको छ। स्वास्थ्य मन्त्रालयले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो।

Advertisement

पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड तयार गरेको हो । साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ।

Advertisement

त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ। यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article