प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना केही पनि होइन भन्ने फिट्नेस ट्रेनरको भाइरसका कारण निधन

कोरोना भाइरस केहि पनि होइन र यो संसारमा यसको अस्तित्व नरहेको बताउने फिट्नेस ट्रेनरको कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको छ। ३३ वर्षीय दिमित्री स्टुजुकलाई टर्कीको यात्राको क्रममा कोरोनाको संक्रमण भएको थियो। टर्कीमा संक्रमण भएपछि उनलाई आफ्नो देश युक्रेनमा अस्पतालमा राखिएको थियो। अस्पतालमा भर्ना गरिएको आठ दिनपछि उनलाई डिस्चार्ज गरिएको थियो।

Advertisement

सामाजिक संजालमा निकै चर्चित थिए, दिमित्री स्टुजुक । उनी सामाजिक संजालमार्फत स्वस्थ जीवनको प्रवद्र्धन गर्थे र स्वास्थ्य सम्बन्धी विभिन्न टिप्सहरु दिने गर्थे। अस्पतालबाट डिस्चार्ज गरिसकेपछि उनमा मुटुको समस्या देखिएको थियो।

Advertisement

मुटुमा समस्या आउनसाथ उनलाई फेरि अस्पताल लगिएको थियो। उनको २५ वर्षीय पूर्व पत्नी सोफियाका अनुसार अस्पातालमा उनको हालत गम्भीर रहेको र उनी अचेत अवस्थामा थिए। उनले सामाजिक संजालका आफ्ना ११ लाख फलोअर्सलाई आफुलाई कसरी कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

उनले आफ्ना फलोअर्सलाई कोरोना विश्वमा छैन र यो केहि पनि होइन भन्ने नठान्नु किनभने मैले पनि यसलाई केहि ठान्दिन थिए, तर आज मलाई यसले आफ्नो चपेटामा लिएको भन्दै यो एउटा कडा रोग रहेको चेतावनी दिएका थिए।

दिमित्री र सोफिया ६ महिना अगाडि छुट्टिएका थिए। उनीहरुका ३ सन्तान छन् र सबैभन्दा कान्छो सन्तान मात्र ९ महिनाको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article