हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दसैंको तेश्रो दिन आज,

माता भगवती चन्द्रघण्टाको पूजा अम्बिका शर्मा। सिलिगुडी,प,बंगाल हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादसैंको आज (सोमबार) तेस्रो दिन मुलुकभरका देवी मन्दिरमा माता चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदैछ । विगतका वर्षमा मठ मन्दिर, शक्तिपीठमा पूजा गर्ने घुइँचो लाग्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण त्यो सम्भव भएन ।

Advertisement

भक्तजनको भीड नहुँदा मन्दिरहरु सुनसान छन् । मन्दिरहरुमा आन्तरिक रुपमा माता चन्द्रघण्टाको पूजा भइरहेको छ । कोरोनाका कारण मन्दिर र शक्तिपीठ जान नपाएकाहरुले घरघरमै पूजा गरिरहेका छन् । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, मोरङको विराटनगरस्थित काली मन्दिर, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

Advertisement

चन्द्रघण्टाको पूजागर्दा सुख प्राप्ति तथा वत्ति विकास हुने मान्यता अनुसार दसैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गर्ने गरिएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)