समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा मा कात्तिक १५ गतेसम्म निषेधाज्ञ

कमला भट्टराई भद्रपुर । झापा जिल्लामा दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार विज्ञप्ति निकाल्दै ३ कात्तिकबाट लागू हुनेगरी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ ) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले विज्ञप्तिमार्फत जनाएका छन् ।

Advertisement

यस्तै निषेधाज्ञा जारी भएकाे समय जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामाे दूरीका यातायातबाहेक आवत-जावत नगर्ने प्रशासनले आदेश दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण नजिकिँदै गरेको दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

Advertisement

प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । नियमित पूजा–पाठबाहेक मानिसहरू भेलाजम्मा हुनेगरी उत्सव नगर्न र भजनकीर्तन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article