स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुग्यो

हल्दिबारी सम्वाददाता झापा। नेपालमा सोमबार थप ३७ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ७१४ जनाको परीक्षणमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । कूल संक्रमितमध्ये ६९.५ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सोमबार थप १८ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ७५७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article