समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लेटाङमा सखुवाको मुडामा टेम्पो ठोक्किँदा छ जना घाइते

मिन क्षेत्री लेटाङ । मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा सडकमा गुडिरहेको टेम्पो सडक किनारमा राखिएको सखुवाको मुडामा ठोक्किएर भएको दुर्घटनामा परेर छ जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ७३५१ नम्बरको टेम्पो सोमबारसाँझ दुर्घटनामा परेको हो ।

Advertisement

त्यस क्रममा विपरित दिशाबाट आइरहेको तीन जना सवार को १७ प ६१४३ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेर टेम्पो चालक उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय धनबहादुर श्रेष्ठ, टेम्पोमा सवार लेटाङ–६ का ३३ वर्षीय सन्तोष राई र लेटाङ–२ का २१ वर्षीय देव राना मगर घाइते भएका छन् ।

Advertisement

त्यस्तै मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–१ का २२ वर्षीय नितेश धिमाल, मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय प्रज्वल गुरुङ र १३ वर्षीय सुशन पुन घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको सामुदायिक मेडिकल लेटाङमा उपचार भइरहेको छ । आँखामा गम्भीर चोट लागेका सन्तोषलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article