स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

हल्दिवारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

मन्त्रालयका अनुसार १३, ८६१ वटा नमुनाको परीक्षण गर्दा ३,०९३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये १,७०२ जना काठमाडौं उपत्यकाका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा २, १०८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)