हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

हल्दिवारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

Advertisement

मन्त्रालयका अनुसार १३, ८६१ वटा नमुनाको परीक्षण गर्दा ३,०९३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये १,७०२ जना काठमाडौं उपत्यकाका हुन्।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा २, १०८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)