हल्दिवारी गाउँपालिका स्वास्थ शाखा प्रमुख पुष्कर निरौलालाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि निरौला होम आइसोलेसनमा बस्नु भएको छ भने अर्का एक महिला स्वास्थ कर्मी समेतलाई कोरोना पोजेटिभ देखिएको छ ।
ती महिला स्वास्थ कर्मी समेत होम आइसोलेसनमा रहनु भएको छ। हल्दिवारी गाउँपालिकामा पहिलो पल्ट स्वास्थ कर्मिमा कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमण देखिए पछि नै सक्रिय रूपमा काम गर्दै आउनु भएका हल्दिवारि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निरौलाले सामाजिक संजाल मार्फत आफुलाई पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएकोले आफू होम आइसोलेसनमा बसेर पनि काम गरिरहेको बताउनु भएको छ ।
साथै सबै हल्दिवारी वासिलाई सजक रहि सुरक्षित हुन समेत आह्वान गर्नु भएको छ। अर्का महिला स्वास्थ कर्मिको भने नाम सार्वजनिक गरिएको छैन l