हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

निजी विद्यालयका शिक्षकलाई तलब दिन श्रमको निर्देशन !

  देवेन्द्र ‘आलोक’ : विराटनगर l श्रम तथा रोजगार कार्यालय विराटनगरले निजी विद्यालयका शिक्षकहरुलाई तलब उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षकले चैतदेखिको पारिश्रमिक नपाएको भन्दै कात्तिक २ गते श्रम कार्यालयमा उजुरी दिएका थिए ।
पीडित शिक्षकहरुको उजुरीपछि कार्यालयका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शिक्षकहरुले पाउनुपर्ने सुविधा नपाए सञ्चालक तथा पदाधिकारीहरुलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् । उनले शिक्षकलाई तलब नदिए निजी विद्यालय तथा सञ्चालकको बैंक खाता रोक्काको प्रक्रिया सुरु गरिएने बताए ।
श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले तोकेको सम्पर्ण सेवा सुविधाहरु तुरुन्त उपलब्ध गराउन सञ्जेलले निर्देशन दिएका छन् । लामो समयदेखि तलब सुविधा नपाएपछि संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन मोरङको मुुल ढोकामा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।
विद्यालय सञ्चालन नभएको कारण देखाउँदै निजी लगानीमा सञ्चालित संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दर्ता गरी तालाबन्दी गरिएको संस्थागत विद्यालय शिक्षक युनियन मोरङका अध्यक्ष मनोज खनालले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)