साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता लोक छन्द : “सरकार ” !

राज कुमार कार्की  :

Advertisement

सरकार छ भन्दछ्न् तर सरोकार कतै हैन।

Advertisement

कोरोनाको कहरले मर्ने बाच्ने थाहा छैन ।।

स्वास्थ मन्त्री भन्दछ्न जनताको उपचार छैन।

जनता बाट लिने मात्र हो दिने यो सरकार हैन।।

श्री पाँच श्री छ धेरै भए नेपालको सरकार।

कर तिरे पछि केहि छैन जनताको अब दरकार।।

जनताहरु पनि मासु भात सँग मत साट्ने ।

त्यहीँ भइ हेपेरनै जनतालाई यिनले ढाट्ने।।

जनताहरु हेर्दैछन स्वास्थ मन्त्रीको चाला-माला।

कमाउने मौका यहीँ हो अर्कोपल्ट देखा जाला।।

प्रधान मन्त्री बिचरा सधैँ बिरामी नै मात्र पर्ने।

मौका यहीँ हो भनेर सबले भुँडी मात्रै भर्ने ।।

मौका पर्दाआफ्नो मात्रै यिनलेभुँडी पुरा भर्ने ।

छारो हाल्न जनताको आँखामा भत्ता फिर्ता गर्ने।।

जनता भने तातो पानी बेसार गुर्जो खाइ बस्ने।

मौका यही हो कमाउने भनि सरकार घुँडा धस्ने।।

जनतालाई लक डाउन नै गरि घर भित्र थुन्ने।

समय यही नै हो भनि भ्रष्टाचारको जालो बुन्ने।।

प्रधान मन्त्रीले मन्त्रीहरु सबको नै जाँच लिने ।

फेल हुने मन्त्रीको नै निर्णय किन लागु हुने ।।

दशै आयो जनता खान नपाई भोकै मर्दैछ्न।

सरकार मात्र आफ्ना कार्यकर्ताको पेट भर्दैछ्न्।।

मिनाहा गर जनताको कर ऋणको ब्याज सब।

यस्तै चाल भए जनता सडकमा आउँदछन् अब।।

हिंसा- हत्या बढदैछ् है देशमा नै किन फेरि।

आधा आकाश ढाकने नै रास्ट्रपति निद्रामा हेरि।।

सरकार फेरि भन्दैछ है हामीलाई किन हेप्नी।

अझै मौका हेर्दैछौ हैकडोरौँ नै फेरि धोक्ने।।

भ्रष्टाचारीका आउदैछ्न् फाँसी लाग्ने समय दिन।

कस्तो सरकार हाम्रो नाङ्गै नाच्दैछ तर लाग्दैन घिन।।

उपचार नगर्दा कर जनताले किन तिर्नु पर्ने ।

अब सिन्दुर पोते लगाइ सिंहदरबार तिर छिर्ने ।।

सिमा हुन्छन् जनतलाइ सधैँभरि नै किन ढाट्ने।

कस्तो समय आयो प्रदेश सँग मन्त्री पद साट्ने।।

नक्कली नै सामान किनि सक्कलीको दाम तिर्ने।

मिलीजुली सब अंश बन्डा भाग गरि भुँडी भर्ने ।।

आजकल किन बिरामी भो सरकार बालुवाटार ।

नाङ्गो नाच नै नाच्दैछन् है हवाई छापे भ्रष्टाचार।।

सुको पैसा जनता सग छैन कसरी चाड मान्ने ।

होसियार भ्रष्टचारी आयो दिन जनताले मार हान्ने।।

बल्ल-तल्ल देशले चुच्चे नक्सा मात्रै एक पायो।

किन डरायो सरकार फेरि जमिन भने अरुले खायो ।।

सुन्दैछु म नयाँ नक्सा कै किताब नै छापियो।

प्रभु कै डर हो वा किन फेरि वितरण नै रोकियो ।। धन्यवाद

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article