स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज थपिए ३ हजार ६३७ जना कोरोना संक्रमित, थप २१ जनाको निधन !

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए।

Advertisement

प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ३४९ रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण भएको छ।

Advertisement

प्रवक्ता गौतमका अनुसार आज देशभरबाट थप ३ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ। पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article