साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल- ” दशै “

रातो माटो कमेरोले घर पोत्नु आउदै छु आमा

दशै मनाउनको लागि छुट्टी मिलाउदै छु आमा

धेरै बर्ष पो भएको रहेछ परदेश लागेको पनि यो बर्ष संगसंगै हुने खुसीमा रमाउदै छु आमा

तपाईलाई चोली फरिया अनि बाबालाई कोट धेरै नै सुहाउँदो हुन्छ किनेर ल्याउदै छु आमा

सबै मिलेर मीठो मीठो पकाएर खानु पर्छ है? हरि दाजुलाई मसला किन्न लगाउदै छु आमा

कति न्यास्रो लागेको होला मेरो हजुरलाई है? चिन्ता लिनु पर्दैन लामो छुट्टी पाउदै छु आमा

  • बीरेन मालाकार “सहयात्री” धापाखेल, ललितपुर

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)