हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल- ” दशै “

रातो माटो कमेरोले घर पोत्नु आउदै छु आमा

Advertisement

दशै मनाउनको लागि छुट्टी मिलाउदै छु आमा

Advertisement

धेरै बर्ष पो भएको रहेछ परदेश लागेको पनि यो बर्ष संगसंगै हुने खुसीमा रमाउदै छु आमा

तपाईलाई चोली फरिया अनि बाबालाई कोट धेरै नै सुहाउँदो हुन्छ किनेर ल्याउदै छु आमा

सबै मिलेर मीठो मीठो पकाएर खानु पर्छ है? हरि दाजुलाई मसला किन्न लगाउदै छु आमा

कति न्यास्रो लागेको होला मेरो हजुरलाई है? चिन्ता लिनु पर्दैन लामो छुट्टी पाउदै छु आमा

  • बीरेन मालाकार “सहयात्री” धापाखेल, ललितपुर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)