साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता :”दसैँ”

–  राज कुमार कार्की
शुभकामना छ हजुर दुई हज्जार सतहत्तर सालको दसैँ।
कोरोनाको कहरले गर्दा सबको चल्दैछ घर -घर बसाइ।।
राखि घर-घर सबले जमरा गरिन्छ नवरात्रिकै हजुर पूजा।
लगाइ टीका जमरा आफ्नै घर अन्त जानु हुदैन सबले बुझ।।
आयो कालो दसैँ हजुर यसपालि हामी सबको नै घर -घर ।
बन्देज लगाउ हजुर माइत मावल आफन्तकोमा जाने रहर।।
भोज भतेर मोज गर्ने पैसाले गरिबलाई खोजी दान गर ।
गरिब दीन दुःखी सबलाई नै दसैँ मान्ने हाम्रो जस्तै छ रहर।।
मिलेर सहयोग गरौं हजुर यसपालि गाउँ बेँसी अनि शहर ।
पुरा गरौँ हजुर सबको चाडपर्व मान्ने इच्छा कोरोनाको छ कहर।।
मागौ नवदुर्गा देवी सँग वरदान हटाउन कोरोनाको कहर।
पुरा गर्ने छन नवदुर्गा माताले हामी सबको नै इच्छा रहर।।
पूजा गरिन्छ नवदुर्गा माताको नवौं दिन सम्म यस प्रकार।
शैलपुत्री , ब्राह्मचारिणी र चन्द्रघण्टा अनि कूष्माण्डा।।
स्कन्दमाता ,कात्यायनी , कालरात्री ,महागौरी र सिद्धिदात्री।
यसरी क्रमश पुजा गरि समापन गरिन्छ हजुर नवरात्री।।
शैलपुत्री बरुणा मढिया घाटमा छन् ब्राह्मचारिणी दुर्गाघाटमा जान।
चन्द्रघण्टा चौकनेर चन्दु नाउँको गल्लीमा , कूष्माण्डा बडी दुर्गामा छन् ।।
स्कन्दमाता ईश्वरगंङ्गीमा, कात्यायनी आत्माविरेश्वरनेर पूर्वभित्तामा छन् ।
कालरात्री विश्वेश्वरनेर कालिका गल्लीमा छन् महागौरी मंगलागौरी हुन्।।
सिद्धिदात्री बुलनाला भित्र छन् यस्तै छ नवरात्रीको वर्णन सबले जान।
नवदुर्गा माताले सबलाई वरदान दिनुहुनेछ मिलेर दसैँ मान।।
सातौं दिनमा फूलपाती विधिपूर्वक भित्र्याउछन् सबले घर -घर।
आठौं दिनमा पूजा गरि देवीको नवौंमा नवरात्री दशमीमा लगाइ टीका जमराआशिष।।
असुर रावण माथि विजय गरे भगवान श्री रामले हनुमान साथ हेरि।
छोटकरीमा वर्णन गर्ने प्रयास गरे मैले हजुर कवितामा यसरी।। ।धन्यवाद 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article