हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मध्यरातमा घरको छतबाट धकेलेर छोराले लिए बाबुको ज्यान

 दाङमा आफ्नै छोराले आफ्नै बुवाको ज्यान लिएका छन् । ज्यान लिनेमा बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विक रहेका छन् । विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर ज्यान लिएका हुन् ।

Advertisement

छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। ‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट मध्यरातमा खसालिदिएका हुन् ।

Advertisement

‘छोरालाई बिहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घटनास्थल पुगिसकेकोर घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)