हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

 झापा ।   कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ ।शनिबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो ।
उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो । सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ४ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।
मादक पदार्थ सेवन अत्याधिक गर्ने पुरुषमा निमोनियाको समस्या पनि थियो । उपचारकमा क्रममा शनिबार बिहान मृत्यु भएको दाहालले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)