विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सगरमाथा क्षेत्र प्रवेशमा अनिश्चितकालीन रोक

कमला भट्टराई —
झापा।सगरमाथा क्षेत्रमा पर्यटक प्रवेशमा अनिश्चितकालीन रोक लगाइएको छ। कोरोना सङ्क्रमणको जोखिमका कारण व्यवसायीले सेवा दिन नसक्ने बताएपछि सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ।
आन्तरिक हवाई उडान सुरु भएसँगै खुम्बुमा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको बेला गाउँपालिकामा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्यटकलाई नै रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो। गाउँपालिकाले खुम्बुमा हेलिकप्टर तथा जहाजको सेवा दिने सबै एअरलाइन्सलाई पत्र पठाएर यात्रु नल्याउन भनेको छ।
यसअघि पनि गाउँपालिकाले लुक्ला विमानस्थलमा ओर्लने सबैलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरेको थियो। तर एक जनामा सङ्क्रमण देखिएपछि आवागमन नै बन्द गरेको भट्टराईले बताउनुभयो।
विभिन्न एअरलाइन्सले ल्याएका आकर्षक प्याकेजका कारण खुम्बु घुम्न जाने नेपालीको सङ्ख्या बढिरहेको थियो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article