हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खस क्षेत्रीहरुले पहिलोपटक धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा ‘खस’ लेख्ने

आलोक शर्मा–
झापा। २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा खस क्षेत्रीहरुले पहिलो पटक धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा खस(क्षेत्री) लेख्ने भएका छन् ।
मुख्यतः आफूलाई खस क्षेत्री बताउनेहरुले धर्ममा मस्ट र जातिमा खस(क्षेत्री) लेख्ने तयारी गरेका हुन् ।
खस क्षेत्री जनजाति संगठन नेपालका सल्लाहकार देवन्द्रकिशोर ढुंगानाले धर्मको महलमा मस्ट र जातिमा खस (क्षेत्री) लेख्न लेखाउन आव्हान समेत गरेका छन् ।
‘धर्मको महलमा मस्ट र जातिको महलमा खस (क्षेत्री) लेख्नका लागि हामीले आव्हान गरेका छौ,’पत्रकार तथा कवि लेखक समेत रहेका ढुंगानाले भने, ‘कोरोना महामारीका कारण अहिले गाउँगाउँमा गएर अभियान चलाउन सकिएको छैन ।’
नेपालका अधिकांश क्षेत्रीहरु खस रहेको उनले दाबी गरे ।
पछिल्लो जनगणना अनुसार नेपालमा क्षेत्रीहरुको जनसंख्या १६ प्रतिशत छ । ठकुरी र पश्चिमका केही दलितहरुले पनि आफूलाई खस बताउने गरेको ढुंगानाले बताए ।
आफूलाई खस सम्झने दलितहरुले पनि मस्ट पुजा गर्ने उनको भनाइ छ ।
उनले खस क्षेत्रीहरु हिन्दु नभएको बताए । छैटौ शताब्दीमा नै खस क्षेत्रीहरु कोही बुद्धिष्ट भएको र पछि हिन्दु भएको उनले बताए ।
‘अहिले पनि खस क्षेत्रीहरु धार्मिक रुपमा कट्टर छैनन्,’ उनले भने, ‘सबै धर्मप्रति उनीहरुको समभाव रहेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)