समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा हतियारसहित २३ वर्षीय युवक समातिए

 जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

Advertisement

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए।

Advertisement

पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article