हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कांग्रेसका नेता मण्डलको कोरोना संक्रमितकाे करण निधन

नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डको कोरोना संक्रमणका कारण निधन भएको छ। बाराको आदर्शको तवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति निधन भएको हो। नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो।

Advertisement

नारायणीले उपचार गर्न नसक्ने भएपछि गम्भीर अवस्थामा थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै निधन भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए।

Advertisement

मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, महासमिति सदस्य पेमाशिद्धी लामा र सुरेशकुमार खनाल लगायतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)