हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट निको हुनेको दर ७७ प्रतिशतभन्दा बढी, त्यसै गरी पछिल्लो २४ घण्टामा २,८२४ जनामा काेराेना पुष्टि

हल्दिवारी। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,८२४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २,८२४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । त्यसैगरी, आज कोरोनालाई जितेर घर फर्कनेको संख्या ३ हजार ६ सय २० रहेको छ।

Advertisement

यसगरी, नेपालमा आजसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनाको पीसीआर परिक्षण गरिएको र आज मात्र १३,०२३ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

Advertisement

यसैबीच, अहिले नेपालमा ३७,७६५ जना सक्रिय सङ्क्रमित रहेका छन्,जसमध्ये ३०,९८६ घरमै छन् भने बाँकी ६,७७९ संस्थागत आइसोलेशनमा रहेका छन्। यसबीच सरकारले सरकारी अस्पतालहरूलाई कोभिडका बिरामीको उपचारका बेला धरौटी नमाग्न आदेश दिएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ। उनकाअनुसार हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या एक लाख ३४ हजार ८ सय ४२ जना रहेका छन् । आज मात्रै कोरोनालाई जितेर घर फर्कनेको संख्या ३ हजार ६ सय २० रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)