समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतीय निकुञ्जको जंगलमा नेपाली महिलाको शव भेटियो

राजबहादुर खान , गोरखपुर। भारतीय निकुञ्जको जंगलमा नेपाली महिलाको शव फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकासँगै जोडिएको भारतको दूधुवा राष्ट्रिय निकुञ्जको जंगलमा सोमबार नेपाली महिलाको शव फेला परेको हो ।

Advertisement

शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए । यद्यपि, मृतक महिलाको साथमा नरूदेवी कठायतको नाममा जारी नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको बताइएको छ ।

Advertisement

फेला परेको नागरिकताको प्रमाणपत्रमा उमेर ५५ वर्ष पुगेको, श्रीमानको नाम राजेन्द्र कठायत र ठेगाना साविक परासन गाविस ३ (हालको पुनर्वास नगरपालिका–८) उल्लेख रहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव भारतीय प्रहरीको निगरानीमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article