साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुक्तक : राज कुमार कार्की

कसैले भन्छन् राजनीति भेडाको नै उन हो
कसैले भन्छन् राजनीति अकबरी सुन हो
मैले त खै के हो के हो बुझन नै पो सकिन
कसैले भन्छन् यो खैनीमा हाली खाने चून हो

Advertisement

                          1
कसैले भन्दछन् पार्टी बिचार मिल्नेहरुको मेल हो
कसैले भन्दछन् पार्टी मन मिल्नेहरु कै त भेल हो
मत भन्दछु पार्टी चेसको एक चेक दिने खेल छ
कसैले भन्दैछन् पार्टी गुट बनि देश लुट्ने झेल हो

Advertisement

                           2
मान्छेहरू भन्दैछन् यो जिन्दगी रहर हो
नबुझ्नेले भन्दैछन् यो जिन्दगी जहर हो
खै के हो केही पनि बुझ्न सकिन त मैले
कसैले भन्दैछन् यो कोरोनाको कहर हो

                         3

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article