साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : सत्ता को खेल

  • राम कटेल
    सुक्दै गएको सुपारी को अग्लो बोटमा
    लहरिएका फूलहरू
    आफूलाई चिरन्जिवी संझन सक्छन
    पार्टी का नेताहरू पनि
    आफू मात्रै फल्न फूल्न खोजिरहेका छन
    आफूलाई अमर सम्झन सक्छन
    बिस्तारै फस्टाउने कोशिषमा रहेको लोकतन्त्रले
    तिमीहरू को नाङ्गो नाच
    कतिन्जेल सम्म सहन गर्न सक्छ र
    त्यो पनि खुम्चदै शीर निहुराएर
    हिनताबोध बोकिरहेको छ
    बिस्तारै सुक्दै गयो भने
    तिमीहरूलाई के फरक पर्ला र
    फरक त कार्यकर्ताहरूलाई पर्न सक्छ
    जनतालाई पर्न सक्छ
    देशलाई पर्न सक्छ
    हिजो सम्म भरोसा गरेका नेताहरू
    यति चाडै मैमत्त कसरी हुन सकेका हुन
    कोरोना कहरले दुखी रहेको देश माथि
    तिमीहरू भने सत्ता को खेलमा
    बिना संकोच बुर्कुसी मारिरहेका छौ
    कहिले चेत खुल्ला तिमीहरू को
    यसै ठूला नेता उसै ठूला नेता भन्ने भ्रममा रहेका छौ
    हुन त के फरक पर्ला र तिमीहरूलाई
    निर्लज्ज भएपछि
    फरक त हुर्कदै गरेको कलिलो लोकतन्त्रलाई पर्न सक्छ l

    Advertisement

    धुलाबारी
    २० कार्तिक २०७७

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article