विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिटिजन्स बैंकको लाभांश संशोधन, अब ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

Advertisement

बैंकले यसअघि वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Advertisement

यस अघि बैंकले चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

बैंकले यस अघि प्रस्ताव गरेको कुल लाभांश अर्थात ११ प्रतिशत भने यथावत रहेको छ ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article