स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा कोरोनाले भयावह रुप लिदै आजमात्र ५ जनामा संक्रमण देखियो !

हल्दिवारी ,कात्तिक २० । हल्दिवारीमा कोरोनाको महामारी रुप लिदै गएको स्वास्थ्य शाखाले जनाएको छ।
आज मात्र ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।
हल्दिवरी – १ का एकजना २ का ३ र ४ को १  जनालाई हिजो सड्ढलन गरिएको स्वावमा पोजेटिभ देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । हल्दिवारीमा बिदेशबाट फर्किएकाहरुमा मात्रै कोरोना सङ्क्रमण देखिएकोमा दसैको शुरूवात सगै समुदायमा समेत कोरोना संक्रमणले भयावह रुपलिदै गरेको छ ।
स्वास्थ्य शाखाको तथ्यांक हेर्ने भने १ महिनाको अवधिमा १५ जना भन्दा बढी स्थानीयलाई कोरोना पोजेटिभ देखिएको छ भने कोहि निको भइ सकेका छ्न भने कोहि होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररथ रहेको पाइएको छ।
यसरी नै समुदायमा कोरोना संक्रमण फैलदै गएमा बाक्लो आदिवासी समुदाय तथा ज्याला मजदुरि गरि खाने परिवारलाई ज्यादै मुस्किल पर्न सक्ने झापा उधोग बाणिज्य संघ भद्रपुरका सदस्य सुमन मैनाली बताउछ्न ।हल्दिवारीमा मात्र चिया , इटाभट्टा, सिमेन्ट , निर्माण क्षेत्रमा कम्तिमा ५ हजार मजदुर रहेको अनुमान गरिएको छ ।
कोरोनाले भयावह रुप लिदै गएपछि स्थानीय हाटबजार ,विद्यालय लगायतका गतिविधिलाई सुरक्षित तवरले संचालन गर्न र गराउन स्थानीय प्रसाशनलाई निर्देशन गरिएको गाउँपालिकाले जनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article