साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : कतार सिन्डिकेट

– राज कुमार कार्की

Advertisement

फेस बुकमा देखियो सिन्डिकेट आज फेरि सत्र
बाँकी आठ सय सैँतिस ब्यबसायी किन अलपत्र

Advertisement

कस्ले हाल्यो त्यो नाम सूची फेस बुकमा कुन्नि ऐले
जोरी नै खोज्यो त्यसले किन भनि दिए फेरि मैले

सब मिली तिनको अब अफिस सब चाडो घेरौ
सबले काम गर्न पाउने गरि त्यो सुची सब फेरौ

चाडो गरि किउभिसीको अफिस नै अब घेरौ
तेरो मेरो भनि कसैको पनि अब मुख नै नहेरौ

कस्ता रहेछ्न यिनिहरु एकाधिकारी फटाहा जाली
फेला पर्ने भए अब यिनिहरु अब सब जाली यसपालि

नेपालको संविधानले भन्छ सिन्डिकेट राख्नु हुन्न
के यस्ता सिन्डिकेट गर्ने फटाहालाई नियमले छुन्न

कुनै पनि हालतमा अब सिन्डिकेट लाग्न दिनु हुन्न
के नियम कानुनले यस्तालाइ किन हो कहिल्यै छुन्न

किन चुप लागि बस्छ यो बै रो संघ आज सम्म फेरि
आठ सय सैँतिस ब्यबसायी सडकमा आउछौ हेरि

सरकारले सबको करोडौंको धरौटी किन बनायो
सत्रले मात्र किन आज खुसियाली फेरि नै मनायो

कातार कामदार पठाउन कस्ले यो सूची बनायो
कामदार माथि किन हो आज एकाधिकार लाद्यो

कामदार माथि बढी पैसा लिन सिन्डिकेट बनायो
जनताको नजरमा सही सत्य कुरा हो भने गनायो

सबले बिरोध गरि गुन्जाउ त फेरि मेची महाकाली
बिन्ती गर्दछौं हजुरहरु सबलाइ हामीहरु यसपालि

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article