स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मनोज गजुरेलको अवस्स्थ गम्भीर, आईसियूमा उपचार हुँदै !

कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

Advertisement

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

Advertisement

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article