हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीको बिवाद अन्त्य उन्मुख : पाथीभरा कालिका बनको १३ औं साधारण सभा सम्पन्न 

   हल्दिवारी l   पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको १३ साधारण सभा सपन्न भएको छ। आज हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि लिङ्गदेनले यश जङ्गल लाई पथ पर्यटनको बिकास गरि पुर्वकै नमुना पर्यटन गन्तव्य बनाउन जोड दिएका छ्न । हल्दिवारी गाउँपालिकाको बिवाद केही दिन भित्रै अन्त हुने र बिकास निर्माणका कामले गति लिने बताएका छ्न ।
सामुदायिक वनले बन विकास र गरिबी न्यूनीकरण ,महिला सशक्तीकरण तथा उधम विकास लाई जोड दिदै अगाडि बड्ने समुहका अध्यक्ष चिरञ्जीवी पौडेल बताउनु भएको छ।
कार्यक्रममा डिभिजन बन कार्यलयका झापाका रेन्जर कृष्ण प्रसाद शिवाकोटी ,फरेस्ट एक्सन नेपालका संजयराज तामाङ , वडा नम्बर ४ का वडा सदस्य महेसलाल मेचे लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ। पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चिरञ्जीवी पौडेलले वार्षिक प्रतिबेदन प्रस्तृत गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदनमा हेमराज काफ्ले ,लेखा समितिको प्रतिबेदन भगिरथ खरेलले प्रस्तृत गरेका थिए ।
कोभिड – १९ का कारण ३७ वटा टोलिबाट टोलि प्रमुख सहित २ जनाको साधारण सभामा प्रतिनिधित्व गराईएको थियो । झापाकै सबैभन्दा ठूलो जलथल जङ्गलमा रहेको यश सामुदायिक वनमा ८०६ परिवार उपभोक्ता सदस्य रहेका छ्न भने यसको बार्षिक आम्दानी ५४ लाख ७४ हजार ४ सय ७१ रुपैया रहेको वार्शिक प्रतिवेदनमा जनाईएको छ । बन समुहका उपाध्यक्ष श्यामलाल मेचेले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचीव कुमारी दाहाल मैनाली ले गरेकी थिईन ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)