हल्दिवारी – कात्तिक २३ । आज झापामा ७६ जन कोरोना संक्रमीत थपिएका छ्न । हल्दिवारी – भद्रपुरमा आज कसैलाई संक्रमण देखा परेको पाईएन भने बिर्तामोडमा ७ जना ,दमकमा १३ ,कमलमा १५ , शिवसतासिमा ३ गौरिगन्जमा २ ,गौरादहमा १५ मेचिनगरमा ३ ,अर्जुनधारामा १ ,कचलकवलमा १ जनामा कोरोना संक्रमण देखा परेको हो ।
झापामै ठेगान नखुलेको अन्य १६ जनामा पनि कोरोना पोजेटिभ फेला परेको जनाईएको छ । आज झापामा ३ जनाको मृत्यु भएको छ , मृत्यु हुनेमा अर्जुन धाराकी ८१ बर्षिय महिला ,भद्रपुरका ६२ बर्षिय पुरुष र दमकका ८३ बर्षिय पुरुष भएको स्वास्थ मन्त्रालयले पुष्टि गरेको छ ।
देसभर आज २८१७ नयाँ संक्रमीत थपिएका छ्न भने अस्पताल बाट निको हुनेको संख्या २८१३ रहेको छ । आज देसभर २१ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या आजसम्मको ११०८ पुगेको छ ।
नेपालमा हालसम्म १९४४०० जनामा कोरोना संक्रमण देखिएको छ भने निको हुनेको संख्या १ ५७९२६ पुगेको छ ।