राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक सर्यो ! सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौँ। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ।

Advertisement

आइतबार केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए। उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

Advertisement

यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो। २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन। त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो। पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article