स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ मा एकै दिन ६०० कोरोना सङ्क्रमित निको भए

 प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Advertisement

थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई-दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

Advertisement

प्रदेशमा आईतबार नै ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article