साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नागरिकले परिवर्तनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री घिमिरे

 प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिएका छन् ।सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आजदेखि यहाँ आयोजित तीन दिने आव २०७६(७७ को स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई निजी अस्पतालभन्दा सेवा सुविधा प्रदान गर्ने कार्यमा सरकारी अस्पताल अब्बल रुपमा लाग्नुपर्ने बताए ।

Advertisement

मन्त्री घिमिरेले सरकारले लक्षण सहितको कोरोना सङक्रमितको उपचारका लागि विराटनगरमा तीन सय श्ययासहित प्रदेशमा पाँच सय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगका लागि दक्षजनशक्ति उपलब्ध गराउने भन्दै जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीले साझा प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

Advertisement

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीको गत वर्षको जोखिम रकम चाँडै उपलब्ध गराउने जानकारी दिँदै अस्पतालको सेवा विस्तारका लागि औजार खरिद गर्न आवश्यक बजेट नरोक्ने जानकारी दिए ।स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले जनतालाई स्वास्थ्यसम्बन्धी प्रभावकारी सेवा सुविधा प्रदान गर्न एवं आगामी दिन गुणस्तरीयसेवाका लागि योजना तर्जुमा गर्न गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहता र डा रवीन्द्र कर्णले स्वास्थ्य बजेट र प्रदेशमा कोरोना सङक्रमणको स्थितिका सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गरेका थिए ।

तीन दिने उक्त गोष्ठीमा पहिलो दिन अस्पताल, दोस्रो दिन स्वास्थ्य कार्यालय र तेस्रो दिन आयुर्वेद कार्यक्रममा गत वर्ष गरेको कार्य तथा आगामी दिनमा गर्नुपर्ने कार्य, सो कार्यान्वयनमा आइपर्ने समस्या, समाधान आदि विषयमा समीक्षा गरी सुझाव सङ्कलन गरिने भएको छ ।प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय, शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको छ ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article