समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सञ्चारमन्त्रीद्वारा इन्टरनेटमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।

Advertisement

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको आज अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भन्नुभयो, “इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ, सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।” मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताउँदै हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई नगर्नसमेत निर्देशन दिनुभयो ।

Advertisement

उहाँले भारत, चीन, दक्षिण कोरियालगायत मुलुक सूचना प्रविधिका विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी दशवर्षे कार्ययोजना बनाएर अघि बढ्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।

सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “सूचना प्रविधिको विकासमा योगदान पु¥याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानका काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन म आग्रह गर्दछु । सूचना प्रविधिका क्षेत्रमा कार्यरत सरकारी निकायले अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाइ नगर्न अनुरोध गर्दछु ।”

मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ सञ्चालन गर्नुपर्ने बताउँदै सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने औँल्याउनुभयो । सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास दु्रत गतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीलाई आग्रह गर्नुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article