स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउदै सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

Advertisement

यसअघि कोरोनाको उपचारबाट पन्छिएको सरकारको चैतर्फी आलोचना भएको थियो । सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

Advertisement

स्रोतकाअनुसार मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने कुनै निर्णय गरिएको छैन । साथै बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article