स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १ करोड २९ हजार ५ सय ५६ पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार २४ जनाको मृत्यु भइसकेको छ।

Advertisement

अमेरिकामा गत जनवरी २१ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसपछि ९८ दिनमा अप्रिल २८ मा १० लाख संक्रमित पुगे। त्यसयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ । अप्रिल २८ देखि जुन ११ सम्मको ४४ दिनमा १० लाख अरु संक्रमित थपिए। त्यसपछि २७ दिनमा ३० लाख, १५ दिनमा ४० लाख, २२ दिनमा ५० लाख, २२ दिनमा ६० लाख, २५ दिनमा ७० लाख, २१ दिनमा ८० लाख, १४ दिनमा ९० लाख संक्रमित पुगेको सिएनएनले जनाएको छ। पछिल्लो पटक १० दिनमै १० लाख संक्रमित थपिएको पाइन्छ।

Advertisement

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३३ हजार ७ सय ५ जनाको मृत्यु भएको छ। यस्तै, टेक्सासमा १९ हजार २ सय २१, क्यालिफोर्नियामा १७ हजार ९ सय ८५ जना र फ्लोरिडामा १७ हजार १ सय १९ को मृत्यु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article