हल्दिवारी l कोरोना संक्रमणका कारण उपचारका क्रममा सामाजिक व्यक्तित्व हल्दिवारी गाउँपालिकाकै असल अभिभावक रेवती रमण नेपालको नोबेल अस्पताल विराटनगरमा हिजो राती निधन भएको छ ।
हल्दिवारी माविका पुर्व शिक्षक ,नेपाल रेडक्रस सोसाइटी झापाका पुर्व समापती तथा केन्द्रिय सदस्य नेपाल सर हल्दिवारी डटकमको प्रमुख सल्लाहकार समेत हुनुहुन्थ्यो ।

नेपाल रेडक्रसको विशेषज्ञ समेत रहनु भएका नेपाल सरको निधनले सामाजिक अभियानमा समेत ठुलो क्षती पुगेको छ। हाम्रा अभिभावक आदरणीय रेवती रमण नेपाल सर प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछौ ।