स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु , ३८ नाघ्यो संक्रमित्को संख्या

 जलथल – २५ कात्तिक । हल्दिवारी गाउँपालिकामा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका हल्दिवारी १ र २ का पुरुष रहेको स्वास्थ शाखाले जनाएको छ।
स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए अनुसार हाल ११ जना आइसोलेसनमा रहेका छ्न भने २ जनाको विराटनगरमा उपचार भै रहेको छ ।उनका अनुसार होम आइसोलेसनमा रहेका सबैको अवस्था सामान्य रहेको छ ।
कोरोना संक्रमण देखिएर उपचार गर्दै रहेका हल्दिवारी २ का २ जना मध्य एकजनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको मृत्यु समेत भएको छ ।
आजसम्म हल्दिवारीमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ l  हल्दिवारीकै विभिन्न मुलुकमा रहेका ५० भन्दा बढिलाई कोरोना पोजेटिभ देखिएको छ भने ४ जनाको मृत्यु समेत भएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article