हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : तिहार

 – राज कुमार कार्की

Advertisement

आयो दोस्रो ठूलो हिन्दुको चाड पर्व तिहार यो त।

Advertisement

छोटकरीमा कवितामा बर्णन गर्दै छु है मत ।।

कार्तिक कृष्ण पक्ष त्रयोदशी देखि शुक्ल पक्ष सम्म।
काग तिहार देखि भाइ टीका पाँच दिन जम्मा।।

यमपञ्चक भनि हिन्दु धर्मावलम्बी कै चाड पर्व।
बत्ती फूलको झिलिमिलि देखि लाग्छ आनन्द गर्व।।

हिन्दी शब्दको त्योहार शब्द बाट विकृत भै तिहार।
यमराज हिडे यमुना हात लाउन टीका रमाएर।।

यम दीप दान काल मृत्यु नहोस भनि द्वादशी दिन।
माटोको नै दियोमा तेल हालि बत्ती बाली दक्षिण।।

झिलिमिली झिल्ला तातो रोटी मिल्ला गीत गाइन्छ।
फलफूल र मिठाई चढाइ सब मिली है खाइन्छ।।

कार्तिक कृष्ण पक्ष त्रयोदशी,शुक्ल पक्ष दुई सम्म।
काग तिहार देखि भाइ – टीका पाँच दिन जम्मा।।

यमपञ्चक क्रमश काग कुकुर गाई गरि पूजा।
लक्ष्मी गोबर्धन भाइ पूजा गरिन्छ है सबले बुझ ।।

प्रथम हो काग तिहार गरिन्छ है काग कै पूजा।
मिठो खान दिइ राम्रो समाचार ल्याउछ भनि बुझ।।

यमदुत हो यमराजलाइ राम्रो खबर सब लान्छन्।बिहान घरमा कराउछन् शुभबोल भन्दा जान्छन्।।

कुकुर तिहारमा गरिन्छ खान दिइ कुकुर कै पूजा।
घरको यो बफादार सिपाही हो यमदुत सबले बुझ।।

लक्ष्मी पूजा पनि एक महत्वपूर्ण नै मानिन्छ ।
झिलीमिलि बत्ती बाली हुन्छिन् सवार नै भनिन्छ।।

लक्ष्मीको पूजा गरि घरमा गहना धन नै पुजिन्छ।
देउसी भैलो खेल्दा बलि राजाकोआज्ञा नै लिइन्छ।।

लक्ष्मी पुजी गौ माताको घर( घरमा नै पुजिन्छ ।
सेल रोटी पकाइ पिङ खेलि संस्कृति जगाइन्छ।।

मौद्गल्य गोत्रका नै मुडुला कार्कीहरु गाई पुज्दैनन्।
बूढापाकाले नभनि त कुरा सबले नै बुझ्दैनन् ।।

पहाड बनाइ गोबरको गरिन्छ नै गोवर्धन पूजा।
प्राकृतिक पूजा भनिन्छ बूढापाका बाट बुझ ।।

गोबर्धन पूजा गरिन्छ है गोबरको पहाड बनाइ ।
प्राकृतिक कै पूजा हो यो भन्ने छ सबको भनाइ।।

अन्न बाली उब्जनी गर्ने महत्वपूर्ण गोरुको पूजा।
मखमली फूलको माला तेलले छेकी लाउने बुझ।।

नेपाल सम्बत दिन नेवार जाति गर्दै है म्ह पूजा।
साक्यमुनि बुद्धका नै भन्छन् सन्तान सबले बुझ।।

तेलले छेकी मखमली फूल सप्तरङ्गी टीका साथ।
लाउछौ टीका दिइ उपहार दिदी बैनी कै पो हात ।।

खेलि पिङ ताता रोटी खाइन्छ है परिवार साथ ।
बिदा हुन्छ तिहार टीका लगाइ दिदी बैनी हात।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)