कमला भट्टराई झापा । आफ्नै साथीले पैसा चोरको आरोप लगाए पछि इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्समा लेटाङकी सिर्जना राई झुण्डिएको आफन्तहरुले बताएका छन ।
हुदै नभएको आरोप लगाएको कारण सिर्जना झुण्डिएको हुन सक्ने आफन्तहरुले बताएका छन । तीन दिन अघि इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन ।
तर आफन्तहरुले भने रिलायन्सका प्रशासनले टचर दिएर आत्महत्या गर्न बाध्य बनाएको बताउँदै आएका छन । उद्योगमा काम गर्दै आएकी राईलाई केहि दिन अघि आफ्नै साथीले पैसा चोरी गरेको भन्दै उद्योगकै प्रशासनमा उजुरी गरेको थिईन ।
तर मृतक राईले दुई पक्ष मिलापत्रमा मैले पैसा चोरेको हैन तिर्नु परे तिरौला भन्दै कागज समेत गरेको थिईन । तर राईले हिजो म पैसा तिर्दिन भने पछि पैसा हराउने साथीले प्रहरीमा उजुरी गरेको थिईन । त्यो रात नै उनी झुण्डिएको पाईएको हो ।
समाचार
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
आफनै साथीले पैसा चोरेको आरोप लगाएपछि लेटाङकी २३ बर्षिया युवतीद्धारा आत्महत्या

