देवेन्द्र “आलोक” , झापा। जनता समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ ।

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए ।

अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए । पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको समर्थकहरूले जनाएका छन् ।