हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खोलाको छेउमा शिशु जिउँदै गाडिएको अवस्थामा फेला !

बिनोद यादब – सप्तरी ।सप्तरीमा खोलाको छेउमा नवजात शिशुलाई जिउँदै गाडिएको अवस्थामा फेला पारिएको छ ।
बोदे बर्साइन नगरपालिका-५ स्थित एक नवजात शिशु जिउँदै गाडिएको अवस्थामा फेला पारिएको हो । बर्साइन बजारको जाँजरस्थित रहेको खडक खोलाको छेउमा खेलिरहेका स्थानीय युवाहरूले बच्चा जिउँदै गाडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बोदेवरसाइनबाट खटिएको प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा राखिएको जनाएको छ । गाडिएको बच्चा २४ घण्टाभित्रै जन्मिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साइन प्रमुख एयुर राइनले जानकारी दिए ।
बच्चालाई बिहानतिर गाडिएको हुनसक्ने अनुमान प्रहरीको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको जनाइएको छ । शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)