हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : कुकुर

– राज कुमार कार्की

Advertisement

गरिन्छ आज पूजा केबल भैरब बहान कुकुरको ।
महत्व नै छैन आज ती भ्रष्टचार रुपि कुकुरको ।।

Advertisement

चार खुट्टा नै भएर के भो ती इमानदार यमदूतको।
पुजिन्छ आज कुकुरको धन हैन तिनको गुणको।।

देश चुस्दैछ्न किन हो भ्रष्टचारी कुकुर भेला भएर।
नर्कै बाँस तिनको के गर्ने सुनको थालिमा खाएर।।

पूजा गर्नु पर्छ कुकुर मानबको घरको गर्ने रक्षक।
जन्म लिए कति मानव भै दानव रुपी बनि भक्षक।।

तौल्नु पर्दछ तिनलाई फेरि अब जनताको तुलोमा।
बसेकाछ्न ती कुकुरहरू भ्रष्टचार रुपी दुलोमा।।

कता हराए ती कुकुरका हवाइ छाप चप्पल ऐले।
हड्डी चुस्दैछ्न तिनले दुलो पसि जनताको जहिले।।

जनता पनि किन एकछाक मासुभातमै रमाउने।
यसैको मौका छोपि कुकुर मिली धन कमाउने।।

चुस्दैछ्न ती कुकुरहरुले कोरोना रुपी हड्डी जहिले ।
जनता खान छैन बसेकाछ्न लाइन टुडिखेल ऐले।।

बालुवाटार रोगी भयो किन सधै आजभोलि ऐले ।
जनता भोकै दशै छ कुकुरहरूलाई किन जहिले ।।

पुज्नु पर्दछ हजुर हामी सबले द्वारपाले कुकुरको।
खान दिइ मिष्ठान भोजन माला लगाइ फूलको।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)