स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लक्ष्मी पुजाकै दिन हल्दिवारीमा थपिए २ जना कोरोना संक्रमीत ,संक्रमितको संख्या ४४ पुघ्यो

जलथल – हल्दिवारी गाउँपालिकाले यहि कात्तिक २७ गते गरेको पिसिआर स्वाव सड्ढलन मध्य ३९ जनाको रिपोर्ट आएकोमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।
कोरोना पोजेटिभ देखिनेमा वडा नम्बर १ कि महिला र वडा नम्बर ५ का पुरुष रहेका छ्न । उनीहरुको अवस्था सामान्य रहेको छ भने हाल होम आइसोलेसनमा उनीहरु सहित १० जना रहेकोे स्वास्थ्य शाखा प्रमुख निरौलाले बताउनु भएको छ ।
हल्दिवारी गाउँपालिकामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ जना हाल बिराटनगरमा उपचाररत रहेका छ्न ।
कोरोना संक्रमण शुरुभए यता हल्दिवारीमा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article