स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अस्पतालको लापरवाहीका कारण शुक्रराजको मृत्यु भएको श्रीमतीको आरोप

कमला भट्टराई , झापा। विराटनगर अस्पतालका लापरवाहीका कारण लिम्बुको ज्यान गएको छ । विराटनगर अस्पतालले शुक्रराज लिम्बुको उपचारमा ध्यान नदिई डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको हो ।

Advertisement

सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वार्ड १ का शुक्रराज लिम्बु सवारी दुर्घटनामा परी उपचारका लागि कात्तिक ५ गते विराटनगर अस्पताल पुगेका थिए । अस्पताल पुगेका लिम्बुको उपचार राम्रै भईसकेको थियो ।

Advertisement

उपचार सफल भईसकेपछि अस्पतालले लिम्बुलाई डिस्चार्ज दिएर घर जान भनीसकेका थिए । बिरामी राम्रो संग ठिक नभईसकेको भन्दै उनको आफन्तले केही दिन अरुपतालमा राख्ने निधो गरेर अरुपतालमा नै बिरामीलाई राखेको थिए । शुक्रराजलाई अचानक यहि कात्तिक २६ गते बिरामीले च्याप्यो र आईसियुमा पुन भर्ना गरियो ।

शुक्रराजलाई पुन आईसियुमा भर्ना गरेपछि बिरामीको उपचारमा डाक्टरले कुनै वास्ता नगरेको उनको श्रीमती बिष्णु कुमारी लिम्बुले भनिन । ‘मेरो श्रीमान सारो बिरामी भयो डाक्टर साब भनेर मैले डाक्टरलाई जानकारी गराए तर तपाईको बिरामी त्यस्तै हो आत्तिनु पदैन भने पनि श्रीमान गुमाउनु पर्यो विष्णु कुमारीले रुदै बताईन् ।

‘अस्पताल र डाक्टरको लाहपरवाहीले गर्दा घरको मुली मान्छे गुमाउनु पर्यो नै राम्रो उपचार भएको भए साहित यस्तो हुदैन थियो होला, डाक्टरलाई बिरामीको बारे जानकारी गराउँदा बेवास्ता गरेका कारण यस्तो भयो,डाक्टरले लापरवाही नगरेको भए निको भईसकेको बिरामी थियो डाक्टरको लापरवाहीका कारण श्रीमानको मृत्यु भएको विष्णु कुमारीले सुनाईन् ।

यता शुक्रराज लिम्बुको उपचारमा संलग्न डाक्टर आर के सिंह भने के कारणले बिरामीको मृत्यु भयो आफुलाई थाहाँ नभएको बताउँछन् । ‘बिरामी सामन्य थियो पेट दुख्यो भनेर पुन उपचारका लागि आईसियुमा भर्ना गरिएको हो तर के कारणले बिरामीको मृत्यु भयो त्यो थाहाँ छैन हामीलाई ’ डाक्टर सिंहले भने । अस्पताल समितिले पनि शुक्रराज लिम्बुको मृत्यु बारे थाहाँ नभएको जानकारी दियो ।

शुक्राराजको उपचारमा संलग्न डाक्टर र अस्पतालको जवाफ सुन्दा लापरवाहीका कारण नै शुक्रराज लिम्बुको ज्यान गएको शंका गर्ने ठाउँ देखिन्छ । २८ गते शुक्रबार धरान र ईटहरीबाट शुक्रराजका आफन्तहरु अस्पताल पुगेका थिए । अस्पताल पुगेर डाक्टरको टिम र अस्पताल सञ्चालक समिति संग लामो छलफल कार्यक्रम चल्यो तर निचोड भने आउन सकेन ।

अस्पतालले क्षतिपुर्ति दिनु पर्ने माग मृतकका श्रीमती र आफन्तहरुले अघि सारेको छ । क्षतिपुर्ति नदिए सम्म लास जिम्मा नलिने भन्दै शुक्रबार अस्पतालमै लास छाडेर आफन्त घर फर्केका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article