हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

सम्वाददाता ,धनुषा। धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेको पुष्टि भएको छ।

Advertisement

महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

Advertisement

घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो। बिहान ती उनीमाथि एसिड आक्रमण भएको थियो। ३ वर्षअघि विवाह भएको उनको पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)